नेपाल राष्ट्र बैंक विज्ञापन २०८३

नेपाल राष्ट्र बैंकले लोक सेवा आयोगको सहमतिमा प्रशासन तथा प्राविधिक सेवातर्फ विभिन्न पदका लागि कर्मचारी माग गर्दै विज्ञापन (वि.सं. २०८३) आह्वान गरेको छ। बैंकिङ क्षेत्रमा भविष्य निर्माण गर्न चाहने र लोकसेवाको तयारी गरिरहेका उम्मेदवारहरूका लागि यो एक सुवर्ण अवसर हो। नेपाल राष्ट्र बैंकले जम्मा ६१ जना कर्मचारी माग गरेको छ।

क्र.सं.पदखुलामहिलाआ.ज.मधेशीदलितअपाङ्गजम्मा
१सहायक निर्देशक१४४३३११२६
२सहायक निर्देशक (लेखा/लेखापरीक्षण)२१––––३
३सहायक निर्देशक (वाणिज्य कानुन)–१––१–२
४सहायक निर्देशक (सूचना प्रविधि)२–११––४
५सहायक१४४३३११२६

दरखास्त बुझाउने महत्त्वपूर्ण मितिहरू

उम्मेदवारहरूले तोकिएको मितिभित्र अनलाइन प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्नेछ:

  • दरखास्त दिने अन्तिम मिति: २०८३ मंसिर १७ गते

  • दोब्बर दस्तुर तिर्ने अन्तिम मिति: २०८३ मंसिर २४ गते

उम्मेदवारहरूका लागि विशेष नोट (प्रशासन सेवातर्फको सहायक पदका लागि)

  • लोक सेवा आयोगबाट एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालन भएको सङ्गठित संस्थाहरूको अप्राविधिक तर्फका सहायक स्तर प्रथम श्रेणी (पाँचौँ तह वा सो सरह) वा सहायकस्तर द्वितीय श्रेणी, खरिदार (चौथो तह वा सो सरह) पदको पूर्वयोग्यता परीक्षा उत्तीर्ण भई प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूका लागि विशेष व्यवस्था छ।

  • ती प्रमाणपत्र प्राप्त उम्मेदवारहरू मात्र प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र प्रशासन सेवातर्फको सहायक (सहायक द्वितीय श्रेणी) पदमा दरखास्त पेस गर्न सम्भाव्य उम्मेदवार हुनेछन्।

  • यस्ता उम्मेदवारहरूले दरखास्त साथ म्याद कायम रहेको पूर्वयोग्यता परीक्षा उत्तीर्ण प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

 

 

Next Post
Leave Comment

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.