प्रदेश ५ नाम तथा राजधानी प्रदेश सभाबाट पारित

२० असोज, काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

८७ सदस्यीय संसद्मा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिए । तर, सदनमा ८६ जनाको मात्रै हाजिरी थियो । पक्षमा नेकपाका ६० र कांग्रेसका १८ मत परे । राजमो सांसद तारा जिसीले नामको पक्षमा मतदान गरिन् । तर, कांग्रेसका प्रदेश सभा सदस्य हमाल अनुपस्थित रहे । सभामुख पनि मतदान प्रक्रियामा सहभागी भएनन् ।

प्रस्ताव पारितसँगै प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकार प्रदेश ५ का मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम संवत् ०७७ असोज २० गते मंगलबार राति १२ बजेदेखि प्रदेश सभाको चालू छैटौँ अधिवेशन अन्त्य गरेका छन् ।

 

 

Exit mobile version