बेरुजुको अर्थ र बेरुजु फछ्र्यौट नहुनुका कारणहरु

बेरुजुको अर्थ

उपलब्ध स्रोत र साधनलाई नियमितता,मितव्ययिता,कार्यदक्षता ,प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरिक्षणको क्रममा देखिएको त्रुटि वा अनियमितता नै बेरुजु हो ।

सरल अर्थमा बेरुजु भन्नाले रुजु हुन नसकेको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । सर्वप्रथम बेरुजूको परिभाषा सरकारी रकम असुल फछ्र्यौट नियम -२०२७ मा भएको पाइन्छ ।यस नियमको परिभाषा अनुसार बेरुजु भन्नाले आन्तरिक लेखा परीक्षण वा अन्तिम लेखा परीक्षणबाट देखिएको वा ठहरिएको कुनै सरकारी आर्थिक कारोबारको अनियमित रकमलाई सम्झनुपर्छ भनी उल्लेख गरेको पाइन्छ ।

आर्थिक कार्यविधि ऐन -२०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुरयाई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।

अत: कुनै पनि सार्वजनिक निकायले कुनै पनि आर्थिक वर्षमा गरेको आर्थिक कारोबारको विषयमा उक्त निकायको उद्देश्य तथा कार्यक्रम अनुसार प्रचलित ऐन नियम बमोजिम कारोबार नगरेको,राख्नु पर्ने लेखा नराखेको वा त्रुटि र अनियमित तरिकाले आर्थिक कारोबार गरेको भनी आन्तरिक लेखा परीक्षण तथा अन्तिम लेखा परीक्षणबाट औँल्याइएको  कैफियतलाई बेरुजु भनिन्छ । बेरुजु हुनु भनेको आर्थिक सुशासनलाई कमजोर बनाउनु र आर्थिक अनुशासन उल्लङ्घन गर्नु हो । तर बेरुजु निस्कँदैमा आर्थिक हिनामिना नै भई सक्यो भन्न सकिँदैन । यसलाई जतिसक्यो छिटो नियमित गरिनुपर्दछ ।

आर्थिक कार्यविधि ऐन २०५५ का बेरुजुलाई ३ वर्गमा वर्गीकरण गरिएको छ ।

१.असुल गर्नुपर्ने बेरुजु

२.नियमित गर्नुपर्ने बेरुजु

३.पेश्की  बाँकी

महालेखा परिक्षकको कार्यालयले बेरुजुलाई  निम्न अनुसार वर्गीकरण गरिएको छ ।

१.हिनामिना र मस्यौट

२.हानी नोक्सानी पारेको

३.अनियमित भएको

४.प्रमाण कागजात पेश नभएको

५.जिम्मेवारी नसारेको

६.सोधभर्ना नलिएको

७.पेश्की फछर्यौट नगरेको

८.अन्य असूल गर्नुपर्ने

बेरुजु र बेरुजु फछ्र्यौटको अवस्था :

कुनै पनि निकायमा आर्थिक कारोबार गर्दा केही कमी कमजोरी हुनु स्वाभाविक हो । यस्तो कमीकमजोरी कुनै जटिल हुन्छन् भने कुनै सामान्य प्रकृतिका हुन्सक्छन । आर्थिक कारोबार गर्दा यथेष्ट प्रमाण पेस नभएका,आर्थिक कारोबार गर्दा रीत नपुगेका, त्रुटि पूर्ण ढङ्गले कारोबार गरेको आधारमा बेरुजु आउने गर्दछ । यसरी निस्केका बेरुजुलाई प्रमाण पेस गरी वा नियमित गरी वा गर्न लगाई त्यसरी आएको बेरुजु समयमै फछर्यौट गरी आर्थिक अनुशासन कायम गर्नु पर्ने हुन्छ । नेपालमा हाल बेरुजुको दर प्रत्येक वर्ष बढ्दै जाने र फछ्र्यौटको दर घट्दै जाने वा बेरुजु फछ्र्यौटले प्राथमिकता  नपाएको कारण आर्थिक प्रशासनमा स्वच्छता, इमानदारिता, मितव्ययिता र पारदर्शिता स्तर घट्दै गई जनताले तिरेको करको सही सदुपयोग हुन सक्दैन भने अर्को तिर सार्वजनिक निकाय र सरकारप्रतिको आम नागरिकको जनविश्वास घट्दै जान्छ ।  त्यसैले आर्थिक अनुशासन कायम गर्न आर्थिक कारोबारमा देखिएका बेरुजु समयमा फछर्यौट गर्नु आर्थिक प्रशासनको महत्त्वपूर्ण कार्य हो । महालेखापरीक्षकको ५६औ  वार्षिक प्रतिवेदन आ.व २०७४/७५ अनुसार सरकारको बेरुजु ६ खर्ब ८३ अर्व ६६ करोड पुगेको छ । जसमध्ये आर्थिक व्यवस्थापनको मुख्य जिम्मेवारी  पाएको अर्थमन्त्रालयकै दोस्रो बढी बेरुजु  कूल बेरुजु १७ प्रतिशत छ भने सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २२ प्रतिशत रहेको छ महालेखापरीक्षकको ५४औ वार्षिक प्रतिवेदन अनुसार अर्थमन्त्रालयको सबै भन्दा बढी बेरुजु ३७ अर्व ५३ करोड ६१ लाख रहेको थियो । आ.व २०७३/७४ को प्रतिवेदन अवधि सम्म साबिक फछर्यौट तथा सम्परीक्षणबाट रु ५२ अर्व ९२करोड, लेखा परीक्षणको अवधिमा असुली रु १४ अर्व ९ करोड र प्रारम्भिक प्रतिवेदन उपरको प्रतिक्रियाबाट फटर्यौट रु १० अर्व ३९ करोड गरी जम्मा रु ७७ अर्व ११ करोड बेरुजु फछर्यौट भएको छ । यसरी हेर्दा बेरुजुको तुलनामा फछर्यौटको दर न्यून रहेको पाइन्छ भने अर्को तर्फ आर्थिक व्यवस्थापनको जिम्मेवारी सम्हालेका निकाय र कर्मचारीबाटै सबैभन्दा बढी अनियमितता र लापरबाही हुने गरेको पुष्टि हुन्छ।

 बेरुजु फछ्र्यौटको उद्देश्य :

बेरुजु हुनाका कारणहरु :

बेरुजु हुन नदिने वा घटाउने उपायहरु :

बेरुजु फछ्र्यौट नहुनुका कारणहरु :

अन्त्यमा : आर्थिक प्रशासन सार्वजनिक प्रशासनको महत्त्वपूर्ण पाटो हो । सार्वजनिक प्रशासनलाई स्वच्छ र पारदर्शी बनाई आर्थिक अनुशासन कायम गर्न सार्वजनिक खर्चको सदुपयोग मितव्ययिता, प्रभावकारी र दक्षतापूर्वक ढङ्गले सञ्चालन गर्नुपर्दछ । यसका लागि विद्यमान ऐन नियमको पूर्णपालना गर्ने, सङ्गठनात्मक प्रभावकारिता बढाउने, अनियमित ढङ्गले आर्थिक कारोबार नगर्ने, लेखापरीक्षणबाट देखिएका कैफियतलाई उच्च प्राथमिकता दिई कार्यान्वयन गर्ने र कर्मचारीको कार्यासम्पादनलाई बेरुजु फछ्र्यौटसँग आबद्ध गर्ने, बेरुजु फछ्र्यौट गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र लेखापरीक्षकले पनि आफ्नो पेसागत धर्म इमानदारिता, कार्यदक्षता, सक्षमता र निष्पक्षताको परिधि भित्र रही लेखापरीक्षणमा देखिएका कमी कमजोरी र त्रुटिलाई उजागर गरी कार्यान्वयनको लागि व्यवहारिक सुझाव दिन सकेको खण्डमा हाल नेपालमा बर्सेनि बढ्दै गएको बेरुजुको बढ्दो दरलाई कम गर्न सकिन्छ ।

Exit mobile version